Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेसजस्तै षड्यन्त्र भयो, तर एमाले जोगियो : ओली

कांग्रेसजस्तै षड्यन्त्र भयो, तर एमाले जोगियो : ओली

बिहिवार , माघ १, २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई कांग्रेसजस्तै गरी फुटाउन खोजिएको प्रयास असफल भएकोदाबी गरेका छन्।

बिहीबार (माघ १) काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमाले अहिले एकजुट अवस्थामा रहेको बताएका हुन्।

अध्यक्ष ओलीका अनुसार नेपाली कांग्रेसमा देखिएको आन्तरिक संकटजस्तै अवस्था एमालेमा पनि सिर्जना गर्न खोजिएको थियो। तर समयमै महाधिवेशन गरेर नेतृत्व चयन गरिएकाले पार्टी जोगिएको उनको भनाइ छ।

उनले भने, कांग्रेस पार्टीमा अहिले जे भइरहेको , हाम्रो पार्टीमा पनि त्यही गर्न खोजेका थिए। तर हामीले एक वर्षअघि नै महाधिवेशनगरेर हल्ला भ्रमको तुवाँलो चिरेका हौँ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री हुँदा सुत्नसमेत फुर्सद नहुने गरी काममा खटिएको स्मरण गर्दै सरकार सञ्चालन सजिलो नहुने बताए।

प्रधानमन्त्री हुँदा सुत्न भ्याइँदैन थियो। काम त्यसरी नै गर्नुपर्छ। हामी हमला आक्रमणको बीचमा थियौँ,’उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077