Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

घरधनीकै योजनामा एसबीआई बैंक लुटपाट, असोजबाटै बनेको थियो योजना

घरधनीकै योजनामा एसबीआई बैंक लुटपाट, असोजबाटै बनेको थियो योजना

शुक्रवार , माघ २, २०८२

सिन्धुली। सिन्धुली घ्याङलेख गाउँपालिका-२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयबाट तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट घटनामा सातजना पक्राउ परेका छन्।

मंगलबार बेलुका बैंक लुटपाटमा संलग्न सातजनालाई प्रहरीले आज शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा बनेपा नगरपालिका-१० का ४९ वर्षीय भागवतसिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका-२ का ४७ वर्षीय चतुरमान बज्यू, सोही ठाउँका ४४ वर्षीय छविलाल स्याङतान, चितवन भरतपुर महानगरपालिका-२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका-५ का २३ वर्षीय मिलन गरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर र १६ वर्षीय एक नाबालक रहेका छन्।

पक्राउ परेकामध्ये चारजना बैंक लुट्ने योजनाअनुसार काठमाडौंबाट दुईवटा मोटरसाइकल भाडामा लिएर २३ पुसमै सिन्धुली पुगेका थिए। त्यस दिन परिस्थित अनुकूल नभएपछि काठमाडौं फर्किएका उनीहरू फेरि बैंक लुट्ने योजना साकार पार्न २९ पुसमा सिन्धुली आएका थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार बैंक लुटपाट गर्ने योजना गत असोजमै बनेको थियो ।

बैंक लुट्ने मूख्य योजनाकार बैंक भाडामा बसेको घरका घरधनी छविलाल स्याङतान र चतुरमान बज्यू हुन्। बैंक लुटपाटपछि फरार रहेका घरधनी स्याङ्तानलाई बुधबार प्रहरीले नजिकैको जंगलबाट पक्राउ गरेको थियो ।

बीएड ०३९८ नम्बरको टाटा सुमो काभ्रेबाट ६ जनाले विवाहको लागि भनेर रिजर्ब गरी बैंक लुटपाटमा प्रयोग गरेको खुलेको छ।

उनीहरूले बैंकबाट लुटपाट गरेकोमध्ये २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ प्रहरीले बरामद गरेको छ । यस्तै लुटपाटमा प्रयोग भएका २ थान खुकुरी, प्लास्टिकको पेस्तोल, टेप, नकाब ४ थान, पन्जा एक थान प्रहरीले बरामद गरेको छ ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077