वीरगन्ज । नेकपा एमालेले पर्सा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई उम्मेदवार बनाएको छ।
आइतबार राति जसपा नेपाल परित्याग गरि केपी ओलीको हातबाट खादा लगाएर एमालेमा प्रवेश गरेका यादवलाई एमालेले पर्सा-१ मा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको हो।
अशोक राई नेतृत्वको जसपा छाडेर गत पुस १४ गते यादव उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए। उपेन्द्र यादवले उनलाई जसपा नेपालको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
तर आइतबार जसपा नेपालले पर्सा-१ बाट जिल्ला अध्यक्ष रामनरेश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेपछि आफूलाई धोका दिएकाले एमालेमा प्रवेश गरेको र एमालेबाट पर्सा(१ को उम्मेदवार बन्नु परेको पूर्वमन्त्री यादवले जानकारी दिए ।