काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले मोरङ क्षेत्र नम्बर ३ मा सुनिल शर्मालाई टिकट दिएका छन् । सभापति थापाले प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ–३ मा शर्मालाई उम्मेदवार बनाउने भएका हुन् ।
शर्मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ ३ बाट सांसद बनेका थिए । शर्मा मनोनयन दर्ता गर्नका लागि निर्वाचन क्षेत्र गइसकेका छन् ।
मोरङ–३ मा रास्वपाले गणेश कार्कीलाई उम्मेदवार बनाएको छ भने एमालेले दिलीप राईलाई उम्मेदवार बनाएको छ ।
विशेष महाधिवेशन अघि थापाकै पक्षमा लागेका शर्मा पार्टी फुट्ने भन्दै निर्वाचन तालिका बाहिरिएपछि सानेपातिर लागेका थिए ।