Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रास्वपा पुँजीवादी दल हो, उम्मेदवारहरूसँग पैसा माग्छ: अध्यक्ष अन्सारी

रास्वपा पुँजीवादी दल हो, उम्मेदवारहरूसँग पैसा माग्छ: अध्यक्ष अन्सारी

मंगलवार , माघ १३, २०८२

काठमाडौं । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उद्देश्यसहित पार्टी गठन गरिएको दाबी गरेका छन् ।

आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षा, साक्षरता दरमा सुधार तथा सातै प्रदेशमा सस्तो र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्नु पार्टीको मुख्य एजेण्डा रहेको उनले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष अन्सारीले रास्वपालाई पुँजीवादी दलको संज्ञा दिए । उनले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ८ करोडको गाडी चढेको र पार्टीले उम्मेदवारहरूसँग पैसा मागेको आरोप समेत लगाए ।

उनले आफ्नो दल पैसा कमाउने उद्देश्यले नभई देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने दलका रूपमा राष्ट्र निर्माण दललाई प्रस्तुत गरे ।

उनले भने- 'देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उद्देश्यले यो पार्टी गठन भएको हो । गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्दै मुलुकलाई निकास दिने लक्ष्य हाम्रो हो ।'

अन्सारीले राष्ट्र निर्माण दलले मात्र मुलुकलाई सही दिशामा लैजान सक्ने दाबी गर्दै युवाको बढ्दो सहभागिताले पार्टीप्रति विश्वास बढ्दै गएको बताए ।

सोही कार्यक्रममा रास्वपा परित्याग गरी ताज मोहम्मद मियाँसहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू राष्ट्र निर्माण दलमा प्रवेश गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077