काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा’को रूपमा चित्रण गरेका छन्।
शनिबार काठमाडौंमा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ताभेलालाई सम्बोधन गर्दै ओलीले नागरिकलाई आफू देश बनाउने कित्तामा उभिन आग्रह गरे।
'आगामी निर्वाचनमा तपाईंहरूले देशलाई विजयी बनाउनु हुनेछ,'उनले भने, 'देशका १६५ निर्वाचन क्षेत्रमा एक ठाउँमा पनि देश हार्न हुँदैन।'
ओलीले निर्वाचनलाई मुलुकको भविष्यसँग जोड्दै स्थिरता, विकास र राष्ट्रिय हितको पक्षमा मत दिनुपर्नेमा जोड दिए।