Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

शेख हसिनाका छोराले भने–आम चुनावमा ‘धाँधली’ हुन्छ, आतंकवाद बढ्छ र भारतमाथि खतरा पैदा हुन्छ

शेख हसिनाका छोराले भने–आम चुनावमा ‘धाँधली’ हुन्छ, आतंकवाद बढ्छ र भारतमाथि खतरा पैदा हुन्छ

मंगलवार , माघ २०, २०८२

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले फेब्रुअरी १२ मा हुन लागेको आम चुनावमा ‘धाँधली’ हुने आशंका व्यक्त गरेका छन्।

अमेरिकामा रहेका उनले सोमबार साँझ भिडिओ कन्फरेन्सिङमार्फत कोलकातामा पुस्तक समीक्षाका क्रममा भने–‘अवामी लिगलाई यो चुनावबाट बाहिर राखिएको छ, यो वास्तवमा दुई–दलीय प्रतिस्पर्धा हो। सबै प्रगतिशील दललाई दबाइँदै छ। यो वास्तवमा चुनाव होइन।’

उनले ‘यो चुनावपछि जमात–ए–इस्लामीले स्वतन्त्रता पाउने, आतंकवाद बढ्ने र भारतलाई खतरा पैदा हुने’ दाबी पनि गरेका छन्।

पाकिस्तानलाई बंगलादेशमा छुट मिल्ने बताउँदै उनले यसले गम्भीर परिणाम निम्त्याउने दावी गरे । 

सजीवले बंगलादेशको वर्तमान शासनले यसअघि कहिले नभएको हुलाक मतदानलाई अनुमति दिएर पनि धाँधली गर्न खोजेको टिप्पणी पनि गरे। 

उनले भने–‘सामान्य मतपत्रमा गडबडी सजिलै देख्न सकिन्छ तर तपाईं हुलाकी मतपत्रमा केही देख्न सक्नुहुन्न। बस, तपाईंले निर्वाचन आयोगले दिएको तथ्यांकमा विश्वास गर्नुपर्छ।’

अन्तर्राष्ट्रिय समुदायलाई बंगलादेशमा हुन लागेको चुनाव स्वतन्त्र र निष्पक्ष हुन नसक्ने जिकिर गर्दै यसलाई मान्यता नदिन आग्रह गरेका उनले भने,‘यसको पहिल्यै विरोध गरिएन भने देशले कठपुतली सरकार पाउनेछ।’

उनले अन्तर्राष्ट्रिय समुदायलाई विशेष अपिल गर्दै भने–‘यो जमात–ए–इस्लामी र इस्लामिक आतंककारीलाई देश चलाउनबाट रोक्ने अन्तिम मौका हो।’

अवामी लिग कतै नजाने बताउँदै उनले भने–‘यसको लगभग ४० प्रतिशत भोट बैंक छ। यसले आफ्नो अडान परिवर्तन गर्दैन। तर त्यतिबेलासम्म अवस्था कस्तो होला १ एकातिर विदेशी शक्ति हुनेछन् भने अर्कातिर इस्लामवादी सरिया कानून थोपर्ने प्रयास गर्नेछन्।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077