Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गर्ने नेकपाको तयारी

कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गर्ने नेकपाको तयारी

आइतवार , माघ २५, २०८२

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई कारबाही प्रक्रिया अघि बढाएको छ। 

पूर्वमुख्यमन्त्री एवम प्रदेशसभा सदस्य शर्मा प्रगतिशील लोकतान्त्रिकको चुनावी प्रचारमा संलग्न भएपछि नेकपाले सांसद पदबाट हटाउँदै पार्टीबाट निष्कासनको प्रक्रिया अघि बढाएको हो ।

नेकपा प्रदेश कमिटीले शर्मा प्रलोपाको चुनावी गतिविधिमा संलग्न रहेको भन्दै कारबाहीको सिफारिस गरेको थियो ।

उक्त सिफारिसअनुरूप शर्मालाई “पार्टी सदस्य र संसदीय दलको सदस्यबाट किन नहटाउने ?” भन्दै गत माघ २२ गते नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मासंग लिखित स्पष्टीकरण मागेका थिए ।

२४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाइएकोमा शर्माले अहिलेसम्म स्पष्टीकरण नपठाएपछि पार्टीबाटै निष्कासन गर्ने तयारी भएको हो । 

शर्मा तत्कालीन माओवादी केन्द्रबाट रुकुम पश्चिमबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

hgjg.png

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077