Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कार्यसम्पादन मूल्यांकनमा कुनै पनि प्रदेशले कटाएनन् ५० प्रतिशत

कार्यसम्पादन मूल्यांकनमा कुनै पनि प्रदेशले कटाएनन् ५० प्रतिशत

बिहिवार , माघ २९, २०८२

काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा ७ वटै प्रदेश कमजोर देखिएका छन् । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि अनुसार कार्यसम्पादन सूचक मूल्यांकन गरी सार्वजनिक गरेको प्राप्तांकमा कुनै पनि प्रदेशले ५० प्रतिशत कटाएका छैनन् ।

आयोगका अनुसार यो अंकमा चित्त नबुझे आयोगमा आधार र प्रमाण सहित पुनरावलोकनका लागि निवेदन दिन सकिन्छ । यस्तो मूल्यांकन आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा लिइने आधारमध्ये एक आधारका रूपमा प्रयोग हुन्छ । 

आयोगको नतिजा अनुसार पहिलो नम्बरमा सुदूरपश्चिम प्रदेश छ । यस प्रदेशले ४५.७० अंक पाएको छ । दोस्रो स्थानमा रहेको कोशीले ४४.२९ अंक पाएको छ ।

त्यसैगरी तेस्रो स्थानमा रहेको बागमतीले ४२.४६ अंक पाउँदा गण्डकीले ३७.९१ अंकका साथ चौथो स्थानमा रहेको छ । 

आयोगका अनुसार सबैभन्दा कमजोर मधेस प्रदेश छ । यसले २७.२८ अंक पाएको छ ।

आयोगले प्रदेशका हकमा कुल ११ सूचक आधार मानेर अंक दिने गर्छ । पहिलो सूचकमा आव २०८०/८१ को कुल लेखा परीक्षणबाट देखिएको बेरुजु अवस्था लिइएको छ ।

दोस्रो सूचक प्रदेशले स्थानीय तहलाई कानुन अनुसार ससर्त अनुदान दिएरनदिएको आधार मानिएको छ । तेस्रो सूचक २०८१/८२ मा सवारीसाधन करबापत बाँडफाँट गरिएको ४० प्रतिशत रकम प्रदेशले मासिक स्थानीय सञ्चित कोषमा दिए/नदिएकोलाई मानिएको छ ।

चौथो सूचकमा सोही आवमा विनियोजन गरिएको बजेट खर्चको अवस्था लिइएको छ । पाँचौंमा सोही आवमा राजस्व परिचालन अवस्था लिइएको छ ।

यसबाहेक स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान विवरण चैतसम्म दिए/नदिएको, आगामी आवको आयव्यवयको प्रक्षेपित विवरण पुस मसान्तसम्म अर्थ मन्त्रालयमा दिए/नदिएको, गत आवको बजेटको वार्षिक समीक्षा गरे/नगरेकोलाई पनि मूल्यांकनको सूचक मानिएको छ । 

त्यसैगरी, स्थानीय तहमा वायुको गुणस्तर, वन क्षेत्रले ढाकेको क्षेत्रफल वृद्धि प्रतिशत र अनलाइन पोर्टलमा सूचक समयमै राखे/नराखेको विषयलाई समेत मूल्यांकनको सूचक मान्ने गरेको आयोगले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077