Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जसपाको जनसमर्थन बढ्दैछ, चुनावी वातावरण अनुकूल छ : उपेन्द्र यादव

जसपाको जनसमर्थन बढ्दैछ, चुनावी वातावरण अनुकूल छ : उपेन्द्र यादव

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपटकको निर्वाचनमा पार्टीप्रति जनसमर्थन बढ्दै गएको दाबी गरेका छन्।

शनिबार (फागुन २) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको निर्वाचनको तुलनामा यसपटक जसपा नेपालका लागि चुनावी वातावरण अनुकूल बनेको बताएका हुन्।

अध्यक्ष यादवले पार्टी एकीकरणपछि संगठन थप बलियो भएको र त्यसकै कारण जनसमर्थन बढ्ने विश्वास व्यक्त गरे। उनले भने, 'हामी चुनावको अवस्थामा पछिल्ला चुनावभन्दा अहिले बढी अनुकूल वातावरणमा छौँ र जनताको समर्थन पनि पाइरहेका छौँ।'

उनका अनुसार राजनीति मुद्दा, विचार र सिद्धान्तमा आधारित हुनुपर्ने भन्दै जसपा नेपाल राष्ट्रिय तथा स्थानीय मुद्दामा स्पष्ट रहेको छ। ती मुद्दा लिएर जनताबीच पुगेपछि पार्टीप्रति आकर्षण बढेको उनले जिकिर गरे।

अध्यक्ष यादवले हाल नेपालमा नयाँ र पुरानो पुस्ताबीच कृत्रिम द्वन्द्व सिर्जना गर्न खोजिएको आरोप लगाएका छन्। उनले पुरानो नेतृत्वलाई पूर्ण रूपमा अस्वीकार गर्ने र नयाँ पुस्तालाई कमजोर देखाउने दुवै भाष्य गलत रहेको बताए।

उनले भने, 'पुराना नेतृत्व कामै नलाग्ने, सबै खत्तम भन्ने एउटा भाष्य बनाइएको छ। अर्कोतिर नयाँहरूले के जान्दछन्, यिनीहरूले बर्बाद मात्रै गर्छन् भन्ने अर्को भाष्य खडा गरिएको छ। यी दुवै गलत हुन् ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077