Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आज दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण लाग्ने

आज दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण लाग्ने

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । खगोलविद्हरुका अनुसार साँझ ६ः ४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने छ । 

यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने बताइएको छ । मंगलबार साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको हो। 

काठमाडौँमा साँझ ६ः ४ बजे ग्रहणसहित चन्द्रमा उदाउने छ। चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाँले ढाकिएको अवस्थामा देखिने आचार्य बताउँछन्। 

यो खगोलीय घटना काठमाडौँबाट करिब एक घण्टासम्म स्पष्ट रूपमा देख्न सकिने छ। 

यो चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्ले बताएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077