Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

रुकुम पश्चिममा विवाहमा गएका दुई किशोरी मृत भेटिए, एक बेपत्ता

रुकुम पश्चिममा विवाहमा गएका दुई किशोरी मृत भेटिए, एक बेपत्ता

मंगलवार , फाल्गुण २६, २०८२

रुकुम पश्चिम । रुकुम पश्चिममा दुई किशोरीहरु मृत फेला परेका छन् । 

मंगलबार जिल्लाको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदी किनारामा मृता अवस्थामा दुई किशोरीको शव फेला परेको हो ।

मृत फेला पर्नेमा बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओली रहेका छन् । उर्मिला र कल्पनाको ५०० मिटर दूरीको अन्तरमा शव फेला परेको हो ।

उनीहरुसँगै गएकी १२ वर्षीया सपना ओली पनि बेपत्ता भएकी छन् ।  बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनीहरु हिजो छिमेकीको विवाहमा गएका थिए । घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनास्थलमा प्रहरी टोली पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077