Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

टिकटक बनाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु

रोल्पा । खोलाले बगाएर रोल्पामा एक किशोरीको मृत्यु भएको छ ।

टिकटक बनाउने क्रममा खोलाले बगाएर सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको मृत्यु भएको हो ।

स्कुलबाट फर्केर टिकटक बनाउनका लागि साथीहरूसँग खोलामा खेल्न गएकी खातुनलाई सुलिचौर बजारदेखि नजिकै रहेको फगाम खोलाले बगाएर बेपत्ता बनाएको थियो ।

बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी र स्थानीयवासीले खोजी गर्दै जाँदा सुनिलस्मृति गाउँपालिका २ खुङ्ग्रीको सोनु पेट्रोल पम्प नजिकै लुङ्ग्री खोलाको किनारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077