Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनी प्रदेशकी सांसद शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति

लुम्बिनी प्रदेशकी सांसद शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई बालिकामाथि यातना दिएको आरोपमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सोमबार जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले प्रहरीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन म्याद दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले शर्माविरुद्ध थप अनुसन्धान आवश्यक रहेको भन्दै म्याद थपको निवेदन दिएको थियो।

प्रहरीले आइतबार राति शर्मालाई पक्राउ गरेको थियो। उनीमाथि घरमै राखेकी एक बालिकालाई शारीरिक तथा मानसिक यातना दिएको गम्भीर आरोप लागेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077