एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकर र इरानी विदेशमन्त्री अब्बास अरागचीबीच फोनवार्ता भएको छ ।
इरानी विदेशमन्त्री अब्बाससँग फोनवार्ता भएको जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् ।
उनले दिँदै भने, 'इरानी विदेशमन्त्री अरागचीको फोन आयो र हामीबीच वर्तमान परिस्थितिबारे कुराकानी भयो।'
भारतस्थित इरानी दूतावासका अनुसार उक्त वार्तामा दुई नेताले द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल गरेका थिए ।
विदेशमन्त्री जयशंकरले मध्यपूर्वको वर्तमान तनावपूर्ण अवस्था र पछिल्लो घटनाक्रमबारे केन्द्रित रहेर छलफल गरेको बताइएको छ ।