Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छपाइ सुरु

सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छपाइ सुरु

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिएका छन् ।

निरीक्षणका क्रममा उनले ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू गरिएको जानकारी दिए । लामो समयदेखि सेवाग्राहीले भोग्दै आएको लाइसेन्स ढिलाइको समस्या समाधान गर्ने लक्ष्यसहित यो कदम चालिएको उनले बताए ।

मन्त्री तिमिल्सिनाले बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य रहेको उल्लेख गर्दै सरकार यसतर्फ प्रतिबद्ध रहेको स्पष्ट पारे।

उनले सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै विगतमा इच्छाशक्ति र व्यवस्थापन अभावका कारण काम ढिला भएको स्वीकार गरे। अब ती कमजोरी सुधार गर्दै सेवा प्रवाहमा गति ल्याइने उनको भनाइ छ।

अर्बौं रुपैयाँ खर्च गरेर खरिद गरिएका उपकरण लामो समयदेखि प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाउँदै उनले तिनलाई तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल थालेको जानकारी दिए। करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण थन्किनु दुःखद रहेको उल्लेख गर्दै यसको प्रभावकारी उपयोग गरिने बताए।

हाल सुरक्षण मुद्रण केन्द्र ले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077