काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्लविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ ।
मल्लविरुद्ध एक महिलाको जाहेरीका आधारमा बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
यसअघि, मुगु घर भएका एमालेका प्रदेश सदस्य मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी थिइन् ।
पीडितले सुरुमा भ्रुणहत्या गरेको सम्बन्धी जाहेरी त्यसपछि बलात्कारको जाहेरी दर्ता गराएकी थिइन्। सोहि जाहेरीका आधारमा मल्ललाई प्रहरी गत चैत १४ गते सातदोबाटोबाट पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
पीडित महिला कालिकोटकी स्थानीय हुन् । ती महिला गीत गाउने काम गर्दै आएकी थिइन् ।
गीत गाउने सिलसिलामा नै चिनजान भएका मल्लले आफूमाथि बलात्कार गरेको उनको भनाई छ ।
पीडित महिला केही महिनायता माइतिघरमा न्याय माग्र्दै आएकी छन् ।