Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बलात्कार मुद्दामा एमाले नेता कर्ण मल्ल जेल चलान, ७ देखि १० वर्षसम्मको कैद सजाय

बलात्कार मुद्दामा एमाले नेता कर्ण मल्ल जेल चलान, ७ देखि १० वर्षसम्मको कैद सजाय

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । बलात्कार मुद्दामा पक्राउ परेका नेकपा एमालेका नेता कर्णबहादुर मल्ललाई जेल चलान भएका छन्। 

जिल्ला अदालत, ललितपुरको आदेशपछि मल्ललाई जेल चलान गरिएको हो। 

उनलाई नख्खु कारागार पठाइएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए। 

मुगु घर भएका एमालेका प्रदेश सदस्य मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी थिइन् । 

पीडितले सुरुमा भ्रुणहत्या गरेको सम्बन्धी जाहेरी त्यसपछि बलात्कारको जाहेरी दर्ता गराएकी थिइन्। सोहि जाहेरीका आधारमा मल्ललाई प्रहरी गत चैत १४ गते सातदोबाटोबाट पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

त्यसपछि मल्लविरुद्ध जाहेरीका आधारमा बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा बैशाख ७ ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

पुर्पक्षका लागि भएको थुनछेक बहसपछि जिल्ला अदालत, ललितपुरले जेल चलान गर्न आदेश दिएको हो। 

मल्ललाई ७ देखि १० वर्षसम्म कैद सजायको माग गरिएको छ भने तीन लाख रुपैयाँ जरिवाना र पीडित महिलालाई क्षतिपूर्ति भराइदिन पनि सरकारी वकिलको माग छ। 


पीडित महिला कालिकोटकी स्थानीय हुन् । ती महिला गीत गाउने काम गर्दै आएकी थिइन् ।

गीत गाउने सिलसिलामा नै चिनजान भएका मल्लले आफूमाथि बलात्कार गरेको उनको भनाई थियो ।

मल्लले मानसिक यातना समेत दिएको भन्दै पीडित महिला केही महिनायता माइतिघरमा न्याय माग्दै आएकी थिइन् ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077