Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुकुमबासी बस्तीमा डोजर चल्ने दिन तय, तीन क्षेत्र निशानामा

सुकुमबासी बस्तीमा डोजर चल्ने दिन तय, तीन क्षेत्र निशानामा

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाका विभिन्न सुकुमबासी बस्ती हटाउने निर्णय गरेको छ । वैशाख १२ गते बिहानदेखि काठमाडौँका तीन स्थानका टहरा भत्काउने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको नेतृत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पहिलो चरणमा थापाथली, गैह्रिगाउँ र मनहरा खोला किनारका बस्ती खाली गराउने निर्णय गरेको हो।

बैठकपछि प्रमुख जिल्ला अधिकारी पौडेलले काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग थप समन्वय गरेका थिए।

प्रशासनका अनुसार शनिबार बिहान ६ बजेदेखि डोजर प्रयोग गरी बस्ती हटाउने कार्य सुरु गरिनेछ। सोअघि नै स्थानीयलाई वैशाख ११ गते साँझ ७ बजेसम्म घर, टहरा खाली गर्न माइकिङमार्फत सूचना दिइएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगरको संयुक्त टोलीले बस्ती क्षेत्रमा माइकिङ गर्दै अवैध रूपमा बनाइएका संरचना हटाउन तयारी तीव्र पारेको छ।

स्थानीय प्रशासनले घरमा रहेका सामान तथा चौपाया तत्काल सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। साथै अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी र वृद्धवृद्धालाई प्राथमिकतामा राखेर व्यवस्थापन गर्न विशेष अनुरोध गरिएको छ।

मनहरा खोलाको भक्तपुरतर्फका बस्ती हटाउने विषयमा भने जिल्ला प्रशासन कार्यालय भक्तपुरले अलग छलफल गरेर निर्णय गर्ने जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077