Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सामान सार्न थाले बागमती किनाराका सुकुमबासी

सामान सार्न थाले बागमती किनाराका सुकुमबासी

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा बागमती नदी किनारामा बस्दै आएका सुकुमबासीले घर खाली गर्न थालेका छन्। 

सरकारले काठमाडौंको थापाथलीस्थित रहेका सुकुमबासीहरुलाई हटाउने तयारी गरेसँगै त्यहाँ बस्दै आएका सुकुमबासीहरुले ठाउँ सार्न थालेका हुन् ।

बिहीबार साँझ प्रहरीले माइकिङ गरेर ठाउँ खाली गर्न भनेको थियो । 

शनिबारसम्म बस्ती खाली गरिने र अटेर गर्नेका संरचना भत्काइने, त्यसबाट हुने व्यक्तिगत सम्पत्तिको क्षतिका लागि आफैँ जिम्मेवार हुनुपर्ने चेतावनी दिइएको थियो।

शुक्रबार बिहानैबाट बागमती किनार, मनोहरा किनार लगायत क्षेत्रमा बस्दै आएका सुकुमबासीहरुले आफ्नो सामान प्याक गरिरहेका छन् ।

 कसैले भने सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077