Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रविलाई सुकुमबासीको ४ बुँदे मागपत्र- बस्ती खाली गराउने सूचना तत्काल फिर्ता लिइयोस्

रविलाई सुकुमबासीको ४ बुँदे मागपत्र- बस्ती खाली गराउने सूचना तत्काल फिर्ता लिइयोस्

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले रास्वपाका सभापति रवि लामिछाने समक्ष चार बुँदे माग प्रस्तुत गर्दै ध्यानाकर्षण गराएको छ।

मोर्चाका महासचिव अर्जुन कुँवरले भूमिहीन तथा सुकुमबासी बस्ती जबरजस्ती विस्थापन गर्ने सरकारको निर्णयप्रति ध्यानाकर्षण गराएका हुन् ।

प्रस्तुत माग पत्रमा बस्ती खाली गराउने सम्बन्धी जारी सूचनालाई फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्यप्रक्रियालाई सक्रिय पार्दै प्रमाणीकरण र व्यवस्थापनका विषयमा देखिएका समस्या समाधान गर्नुपर्ने, सरकारद्वारा स्वीकृत कार्यसूची अनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने तथा भूमि र आवाससम्बन्धी अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गर्नुपर्ने विषय समावेश गरिएको छ।

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा शनिबारदेखि सुकुमबासी बस्तीमा डोजर चलाउने तयारी भइरहेको छ । सरकारले बिहीबार साँझ नै बागमती किनार आसपास माइकिङ गरेर थापाथली, सिनामंगललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्ती खाली गर्न भनेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077