Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय संसद प्रवेश, दोषी भए कारवाहीको माग

रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय संसद प्रवेश, दोषी भए कारवाहीको माग

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीसँग जोडिएको विदेशी महिलालाई अलपत्र पारेको विषय प्रतिनिधि सभामा प्रवेश गरेको छ ।

मोरङ–२ बाट निर्वाचित सांसद कार्कीले  एक नाइजेरियन महिलालाई प्रेम जालमा पारेर गर्भवती बनाएर अलपत्र पारेर भागेको विषय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले उक्त विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएकी हुन् ।

सांसद विकले सत्तारुढ पार्टीका सांसदले गरेको भनिएको घटना के हो ? सदनमा स्पष्ट पार्न आग्रह गरेकी छन् ।

'एकजना सत्तापक्षका सांसदले एकजना विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र छ,’ यथार्थ घटना के हो यो सदन स्पष्ट हुन चाहन्छ,' बिकले भनिन् ।

सांसद विकले आरोपबारे सत्य तथ्य छानबिन गरी सदनलाई जानकारी गराउन माग गर्दै घटना पुष्टि भए सम्बन्धित सांसदलाई कानुनी तथा संसदीय कारवाहीको दायरामा ल्याउनुपर्ने समेत बताइन् ।

त्यस्तै नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले पनि विदेशी महिलालाई त नछाड्ने सांसदले आफ्नो मुलुकका महिलालाई कसरी सम्मान गर्न सक्छ भन्दै प्रश्न गरिन् । उनले सदनलाई यथाशीघ्र सत्यतथ्य जानकारी गराउन आग्रह गरिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077