Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखले ३ पटकसम्म बोलाउँदा पनि कता हराए रास्वपाका सांसद कार्की ?

सभामुखले ३ पटकसम्म बोलाउँदा पनि कता हराए रास्वपाका सांसद कार्की ?

सोमवार , जेठ ४, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की आज प्रतिनिधिसभा बैठकमा अनुपस्थित देखिएका छन् ।

संसद्को आकस्मिक समयमा बोल्नका लागि नाम टिपाएका उनी सभामुखले पटक–पटक बोलाउँदा पनि बैठकमा उपस्थित भएनन् ।

प्रतिनिधिसभाको बैठक सञ्चालन गरिरहेका सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि कार्कीको नाम कम्तीमा तीन पटक उच्चारण गरेका थिए ।

तर, सभामुखको पटक–पटकको आह्वानपछि पनि कार्की आफ्नो सिटमा देखिएनन् । त्यसपछि सभामुखले अर्को नामतर्फ अघि बढाउँदै सांसद केपी खनाल लाई बोल्ने समय दिएका थिए ।

संसद् सचिवालयमार्फत आकस्मिक समयमा बोल्न नाम दर्ता गराएका कार्की अन्तिम समयमा बैठकमै अनुपस्थित भएपछि विभिन्न अड्कलबाजी सुरु भएको छ ।

यसैबीच, नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपसम्बन्धी समाचार सार्वजनिक भएपछि कार्की संसद् बैठकमा अनुपस्थित भएको हुनसक्ने चर्चा समेत भइरहेको छ । यद्यपि, उनले बैठकमा किन अनुपस्थित भए भन्नेबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077