Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अष्ट्रेलियामा पर्यटनमन्त्रीको लज्जास्पद काम, संकटकालका बेला ‘भिजिट नेपाल २०२०’ ?

    अष्ट्रेलियामा पर्यटनमन्त्रीको लज्जास्पद काम, संकटकालका बेला ‘भिजिट नेपाल २०२०’ ?

    अनलाइन नेपाल
  • बुधबार, २३ पुष २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपला भ्रमण वर्ष २०२० मनाइरहेको छ । तर, यहि बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने अष्ट्रेलिया पुगेर लज्जास्पद काम गरेका छन् ।

    पर्यटनमन्त्री भट्टराईले अष्ट्रेलियाको सिड्नीमा भ्रमण वर्ष २०२० को उद्घाटन गर्दा पर्यटनमन्त्रीमाथि मात्र नभई नेपालमाथि नै प्रश्न चिन्ह उब्जिएको छ ।



    भिषण डढेलोले जनजीवन नै प्रभावित भएको बेला नेपालको सुन्दरताको प्रचार गर्दै घुम्न आउने सन्देश दिने कार्यक्रम आयोजना गर्नु आफैंमा असंवेदनशील कार्य हो ।



    न्यू साउथ वेल्स राज्यमा डढेलोका कारण संकटकाल घोषणा गरिएको छ । संकटकाल लागेको समयमा गएर पर्यटन प्रवद्र्धनको कार्यक्रम गरिनु आफैंमा लज्जास्पद हो ।

    पर्यटनमन्त्री र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका थिए ।

    यद्यपी कार्यक्रममा नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए । केहि नेपाली स्वोयाम्सेवकहरुले जिवजन्तुहरुका लागि पनि सहयोग संकलन गरेका थिए ।

    औपचारिक कार्यक्रम समापन भएपछि पर्यटन्मन्त्री भट्टराईसहित सहभागीहरुले नजिकै रहेको ओपेरा हाउसमा जान खोज्दा त्यहाँका सुरक्षागार्डहरुले रोकेको बताइएको छ ।

    यसैबीच पर्यटनमन्त्री भट्टराईले विभिन्न अफबाह फैलाउने खालका समाचार आएकोप्रति त्यसको खण्डन गरेका छन् । मन्त्री भट्टराईले आफ्नो फेसबुक पेजमार्फत् कार्यक्रम सफल भएको बताएका हुन् ।

    उनले फेसबुकको वालमा लेखेका छन्–‘अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा NRNA लगायतका संघ/ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । NSW स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार