Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

व्यवसायी ढकालद्वारा महासंघको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन् । अनौपचारिक रुपमा यस अघि नै उम्मेदवारी घोषणा गरेका ढकालले बुधबार काठमाण्डौमा एक कार्यक्रम गरी उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन्।

‘समृद्धिको आधार राज्य निजी क्षेत्र साझेदार’ मूल नारा सहित उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रसँग जति धेरै सहकार्य गर्‍यो त्यतिनै देशको आर्थिक विकास सम्भव रहेको बताए।

उनले आफ्नो उम्मेदवारी देशमा औद्योगिक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन र निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायिक हकहित र अधिकारका लागि सरकारसँग लबिङ गर्न भएको बताए ।

ढकालले सरकारले लिएका करका नीति र कर प्रणालीमा देखिएको दुविधा, भीसीटीएस र अनिवार्य प्यान नम्बरका कारण साना उद्योग तथा व्यवसायहरु समस्यामा परेको बताए ।

नेपाली उद्योगी व्यवसायीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यो व्यवस्थाअनुसार गोल्छा नेतृत्वमा पुग्दैछन् । त्यसपछि रिक्त हुने वरिष्ठ उपाध्यक्ष पदका प्रतिस्पर्धी ढकाल र प्रधान हुन् । गोल्छाले यसअघि नै वरीष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका किशोर प्रधानलाई समर्थन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077