Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव वाग्लेको ‘पारस’मा अनमोल अनुबन्धित

काठमाडौं । माधव वाग्लेको निर्देशनमा निर्माण हुने चलचित्र ‘पारस’मा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन् । चलचित्रमा अनमोल भित्रिएसँगै उनको जोडी कोसँग बाधिन्छ भन्ने चर्चा सुरु भएको छ ।

केहीदिन पहिलो अनमोलको होम प्रोडक्सनमा निर्माण हुने सिनेमा ‘एन्टी हिरो’मा जसिता फाइनल भएकी थिइन् । अब ‘एन्टी हिरो’ भन्दा अगाडी ‘पारस’ बन्ने भएसँगै अभिनेत्रीमा जसिताको नाम चर्चामा छ ।

यस विषयमा अहिलेसम्म निर्माण टिमले कुनैपनि जानकारी बाहिर ल्याएको छैन् । तर, श्रोतले दिएको जानकारीलाई आधार मान्ने हो भने ‘पासर’मा अनमोलको जोडी जसिता नै हुने लगभग पक्का जस्तै छ ।

अनमोलले केही दिनमा झरना थापाको निर्देशनमा निर्माण हुने सिनेमा ‘ए मेरो हजुर ४’को छायाँकन सुरु गर्दैछन् । भने, बैशाखको दोस्रो साताबाट माधव वाग्लेको निर्देशनमा निर्माण हुने सिनेमा ‘पारस’को छायाँकन सुरु गर्नेछन् । श्रोतका अनुसार ‘पारस’ आगामी वर्षको दशैंको फुलपातीमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077