Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अन्धाधुन्ध गोली चल्दा छ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उनीसहित ६ जनाको ज्यान गएको छ। अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीस्थित मोल्सोन कुर्स ब्रेविङ कम्पनी क्याम्पसमा गोली चलेको अमेरिकी अधिकारीले जनाएका छन्।

घटनामा मिल्वाकीका स्थानीय बन्दुकधारीको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एक हजार भन्दा बढी कामदार रहेको उक्त कम्पनीमा काम गरिरहेको अवस्थामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएको मिल्वाकी प्रहरी प्रमुख अल्फोन्सो मोराल्सले जनाएका छन्।

मृतकहरु सबै कम्पनीका कर्मचारी नै हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृतकका परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077