Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको भाउ बढ्यो

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा दुई सय रुपैयाँले बढेको छ ।

सुन बिहीबार तोलाको ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँ थियो । सुनको भाउ बढे पनि चाँदीको भाउ बिहीबार तोलामा ५ रुपैयाँ घटेको छ ।

चाँदी बिहीबार तोलाको नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077