Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘सेन्टी भाइरस’ लाई पछि पार्यो ‘आमा’ले

काठमाडौं । गत शुक्रबार रिलिज भएका दुई नेपाली फिल्ममध्ये दीपेन्द्र के खनाल निर्देशित आमाले राम्रो कमाइ गरेको छ । पारिवारिक कथा आमा रिलिज भएको दिनदेखि नै चर्चामा छ ।

अर्को फिल्म सेन्टी भाइरसले खासै जादु चलाउन सकेन । रामबाबु निर्देशित सेन्टी भाइरसलाई दर्शकले धेरै नरुचाएको चर्चा बजारमा छ । आमामा मिथिल शर्मा शीर्ष भूमिकामा रहेकी छिन् ।

सेन्टी भाइरसमा सीताराम कट्टेलको मुख्य भूमिकामा छन् । आमामा शर्माका अलावा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनीष निरौला, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारको अभिनय छ ।

सेन्टी भाइरसमा सीताराम कट्टेलको साथमा दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री आदि कलाकारको अभिनय रहेको छ ।

यी दुई नेपाली फिल्मका अलवा नेपाली फिल्मघरमा दुई हिन्दी फिल्म शुभ मंगल ज्यादा सावधान र भूत रिलिज भएका छन् । हलिउडतर्फ द कल अफ द वाइल्ड रिलिज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077