Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५ लाख ठगी गरेको भन्दै नायक अनमोलबिरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । नेपाली चलचित्र नायक अनमोल केसीबिरुद्ध ठगीको उजुरी परेको छ । आज महानगरिय प्रहरी परिसर काठमाडौंमा उनिबिरुद्ध ५ लाख ठगी गरेको आरोपसहित उजुरी परेको हो ।

पछिल्लो समय निकै लोकप्रिय बनेका केसीले चलचित्र ‘धुपौरे’ खेल्न सहमती गर्दै निर्माण पक्षबाट ५ लाख एडभान्स लिएको र पछि चलचित्र खेल्न अस्वीकार गरेको भन्दै प्रहरीमा उजुरी परेको परिसर स्रोत बताउँछ ।

फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिबाट निर्माण हुन लागेको चलचित्र ‘धुपौरे’का निर्माताद्धय जयन श्रेष्ठ र रुपेश खड्कीले केसीबिरुद्ध उजुरी हालेका हुन् ।

चलचित्र ‘धुपौरे’ खेल्नका लागि निर्माण पक्षले गत असोज ३ गते अनमोल केसीसँग सम्झौता गरेको र केसीलाई ४० लाख पारिश्रमिक दिने गरि सहमती भएको उजुरीमा उल्लेख गरिएको छ ।

त्यसबाहेक अनमोलले निर्माण पक्षबाट थप २ लाख ५० हजार लिएर सम्पर्क विहीन भएको भन्दै उजुरी हालिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077