Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • उत्तर कोरियामा कोरोना भाइरसकाे त्रास, संक्रमितको गोली हानी हत्या!

    उत्तर कोरियामा कोरोना भाइरसकाे त्रास, संक्रमितको गोली हानी हत्या!

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    एजेन्सी। चीनको छिमेकी मुलुक उत्तर कोरिया कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाइएको छ । उत्तर कोरियाली अधिकारीहरुले अहिलेसम्म कुनै पनि संक्रमित नभेटिएको दावी गरेका छन् ।

    तर केही सञ्चारमाध्यमले चीन निकट विज्ञको हवाला दिँदै उत्तर कोरियामा एक संक्रमित भेटिएको बताएका छन् । तिनलाई गोली हानी हत्या गरेको बताइएको छ । उत्तर कोरियाली अधिकारीहरुले भने एक सय ४१ जनामा संक्रमण परीक्षण गरेको तर कसैमा पनि संक्रमण नभेटिएको बताउँदै आएका छन् ।



    उत्तर कोरियाले पछिल्लो समय चीनसँगको सीमा बन्द गर्नुका साथै उच्च सतर्कता अपनाएको छ । केही दक्षिण कोरियाली मिडियाले चीनसँग जोडिएका उत्तर कोरियाली सहरमा संक्रमित भेटिएको जनाएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार