Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जनताले पराजित गरेका व्यक्ति सांसद बन्न खोज्नु नै गलत

चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको भन्दै उपाध्यक्ष गौतममाथि आक्रोश पोखेका छन् ।

पराजित भएर पनि सांसद वा मन्त्री बन्न खोज्दा लोकतन्त्र बलियो नहुने भन्दै उनले उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न नसक्ने दावी गरे ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले भने–‘निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रतिनिधिसभाको कार्यकाल भरी नियुक्तिका लागि योग्य नहुने संवैधानिक व्यवस्था भएकाले गौतम सांसद भए पनि मन्त्री हुन सक्नुहुन्न ।’

उपाध्यक्ष गौतमलाई सांसद बनाउने विषयले पार्टीभित्र देखिएको विवाद समाधान हुने क्रममा अघि बढेको भन्दै नेता पाण्डेले भने–‘‘पार्टीमा अहिले देखिएको विवादको समाधान हुन्छ, एउटा सहमतिमा नेताहरु पुग्न लागेको बुझिन्छ ।’

यद्यपी गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय पनि कार्यान्वयन हुने भन्दै उनले प्रधानमन्त्रीका चासोहरु पनि सम्वोधन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077