Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चिनियाँ दम्पतिलाई जिउँदै सुटकेसमा राखेर नदीमा फालियो

    चिनियाँ दम्पतिलाई जिउँदै सुटकेसमा राखेर नदीमा फालियो

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 3.3K
    SHARES

    एजेन्सी । थाइल्यान्डमा एक जोडी चिनियाँ पतिपत्नीलाई जिउँदै सुटकेसमा राखेर नदीमा फालिएको छ। मंगलवार अपराह्न वाङ जुनको शरीर कालो सुटकेसमा पिङ नदीमा तैरिरहेको पाइयो ।

    प्रहरीका गोताखोरहरूले उनकी पत्नी झु बिङको शरीर खोजिरहेका छन् । झुलाई अर्को सुटकेसमा राखेर नदीमा डुबाइएको विश्वास गरिएको छ । पट्टायामा यस जोडीले अन्य १३ जना चिनियाँ पर्यटकहरूसँग मिलेर तीनवटा भिल्ला भाडामा लिएका थिए । उनीहरू माघ २९ गते त्यहाँ पुगेका थिए । समूहका अन्य व्यक्तिहरू चीन फर्किसकेका छन् ।



    जुनको शरीर सुटकेसमा खुम्च्याएर राखिएको थियो । उनको हात र गोडा रातो तारले बाँधिएको थियो । माझी सुतोन थापाथानले शरीर फेला पारेका हुन् । उनलाई सुटकेसमा कुहिएको माछा छन् जस्तो लागेको थियो । ‘सुटकेस खोल्न नै गाह्रो थियो तर मैले खोल्दा मान्छे भेटें अनि तर्सिएँ,’ उनले भने ।



    प्रहरीका लेफ्टिनेन्ट कर्नेल जित्तिपोल पोलपोनप्रुएस्काले अपराधको छानबिन गरिँदै गरेको र दुईवटा पक्राउपूर्जी जारी गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार