Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चीनमा मालवाहक जहाज डुङ्गासँग ठोक्किँदा आठको मृत्यु

    चीनमा मालवाहक जहाज डुङ्गासँग ठोक्किँदा आठको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 312
    SHARES

    फाइल तस्विर

    बेइजिङ । एक साताअघि दक्षिणी चिनियाँ टापु हेनान नजिकै एउटा मालवाहक जहाज र माछा मार्ने डुङ्गा ठोक्किएपछि बुधबार आठ जनाको मृत्यु पुष्टि भएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

    सिन्ह्वा समाचार समितिका अनुसार पनामाको ध्वजाअन्तर्गत सञ्चालनमा रहेको एसआइटिसी दनाङ कन्टेनर जहाज अप्रिल ३ को मध्यरातलगत्तै माछा मार्ने डुङ्गासँग ठोक्किएको थियो ।



    त्यसको असरले माछा मार्ने डुङ्गा डुबेको थियो र त्यसमा सवार आठ जना पानीमा खसेका थिए । बुधबार दिउँसो बेपत्ता सबै आठ जनाको शव बरामद गरिएको छ र धेरै जहाज र विमान सामेल भएको उद्धार कार्य समाप्त भएको छ ।



    सरकारी प्रसारक सिसिटिभीले गत साता प्रकाशन गरेको तस्बिरमा दुर्घटना भएको स्थानमा एउटा उज्यालो सुन्तला रङको आपत्कालीन जीवन बेडालाई समुद्री क्षेत्रमा तैरिरहेको देखाइएको थियो । यद्यपि त्यहाँ कुनै पनि व्यक्तिलाई देखिएको थिएन ।

    समाचारअनुसार हेनानको सुदूर दक्षिणपश्चिमी तटमा रहेको यिङ्गेहाई सहरबाट करिब ४० किलोमिटर टाढा दुर्घटना भएको थियो । पनामाको कन्टेनर जहाजलाई हेनानको सान्या बन्दरगाहमा राखिएको छ र दुर्घटनाको अनुसन्धान भइरहेको छ । रासस/एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार