Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चिनियाँ कम्युनिस्ट पार्टीले दियो २ करोड ७४ लाख बराबरको राहत सामाग्री

    चिनियाँ कम्युनिस्ट पार्टीले दियो २ करोड ७४ लाख बराबरको राहत सामाग्री

    अनलाइन नेपाल
  • बुधबार, २९ कार्तिक २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले भूकम्पीडितहरूका लागि नेपालीलाई २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री उपलब्ध गराएको छ ।

    बुधबार होटेल याक एण्ड यतिमा मुख्य दलका नेताहरूको उपस्थितिमा सो राहत सामाग्री हस्तान्तरण गरेको हो । कर्णाली प्रदेशका भूकम्पीडितहरूका लागि राजनीतिक दलहरुमार्फत प्रभावित क्षेत्रमा पुर्‍याउने बताईएको छ ।



    छठ पर्वपछि उक्त सामाग्री भूकम्पपीडितलाई हस्तान्तरण गरिने छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री नेपाली राजनीतिक दलहरूलाई हस्तान्तरण गरेको छ ।



    हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, कांग्रेसबाट खतिवडा, एमालेबाट विदेश विभाग प्रमुख राजन भट्टराई, जसपाबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठ सहभागी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार