Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी काठमाडौंमा

    चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी काठमाडौंमा

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 786
    SHARES

    काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ काठमाडौं आइपुगेका छन् ।

    छुङछेङ पाँचदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् । उनलाई राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।



    वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् । उक्त भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नेछन् ।



    चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्ने साथै चीन-नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।

    भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने छन् । तिब्बतको कार्यकारी प्रमुख रहेका वाङले पोखरा भ्रमण पनि गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार