Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • उपप्रधानमन्त्री श्रेष्ठ र सीपीसीका तिब्बत सेक्रेटरी छुङछेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री श्रेष्ठ र सीपीसीका तिब्बत सेक्रेटरी छुङछेङबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, २५ कार्तिक २०८०
  • 723
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी), तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

    शनिवार उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्न छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डल गृह मन्त्रालयमा पुगेको हो । भेटमा सेक्रेटरी छुङछेङले नेपालका प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा उनी र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भएको सहमति–सम्झौताको कार्यान्वयन पक्ष नै आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।



    प्रधानमन्त्री प्रचण्ड, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र राजनीतिक दलका नेता र पदाधिकारीसँगको आफ्नो भेट उपलब्धिमुलक रहेको उनले स्मरण गराए । नेपालको सार्वभौम स्वतन्त्र नीतिको चीनले सधैँ प्रशंसा गरेको तथा नेपालले एक चीन नीति र तिब्बत पक्षमा देखाएको दृढता अविचलित रहेकोमा उनले खुसी व्यक्त गरे ।



    उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच सरकार, पार्टी र जनस्तर, तीनै तहमा उत्तिकै ऐतिहासिक एवम् हार्दिक सम्बन्ध रहेको बताए । नेपालको विपद् तथा विकासमा चीनको सहयोग अमूल्य रहेको समेत उनले उल्लेख गरे । भूकम्पमा, कोभिडमा र हाल पनि चीनले गरेको सहयोग अविस्मरणीय रहेको भन्दै उनले यसप्रति धन्यवाद व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार