Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र वाङ छुङछेङबीच भेटवार्ता

    राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र वाङ छुङछेङबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 522
    SHARES

    काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

    सचिव छुङछेङले बिहीबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन् ।



    भेटमा उनीसहित भ्रमण दलका सदस्यहरु र नेपालका लागि चिनियाँ राजदूत छन् सोङसमेत रहेका थिए ।



    भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले सचिव छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको बेलामा भएका सम्झौता र समझदारीहरुलाई कार्यान्वयनको वातावरण बनाउन आफू नेपाल भ्रमण आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार