Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दशगजाबाट ३ नेपाली महिला अपहरित, फिरौती बुझाएर अपहरणमुक्त!

    दशगजाबाट ३ नेपाली महिला अपहरित, फिरौती बुझाएर अपहरणमुक्त!

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    लहान। नेपाल भारत सीमा क्षेत्रको दशगजामा बाख्रा चराउन गएका बेला अपहरित तीन नेपाली महिला भारु ४ लाख ५० हजार ( नेपाली ७ लाख २० हजार ) फिरौती बुझाएर अपहरणमुक्त भएकाछन् । सिरहाको दक्षिणी क्षेत्रमा पर्ने बरियारपटी गाउँपालिका १ कचनारीका निर्सीदेवि यादव , सतनदेवि यादव र उम्दादेवि यादव जनही भारु १ लाख ५० हजारका दरले फिरौती बुझाएर अपहरणमुक्त भएका हुन् । निर्सिदेवि एकल महिला हुन् । बाख्रा चराउन गएका बेला सोमवार दिउँसो दशगजाबाट उनिहरुलाई बृद्धको हत्या आरोपमा भारतीय पक्षले अपहरण गरि मधुवनीको पिपराहीस्थित एक घरमा बन्धक बनाएका थिए ।

    पिडित महिलाहरुका अनुसार दशगजा छेउमा रहेको भारत क्षेत्रको गहुँ खेतमा बाख्रा चराईरहेका उनिहरुलाई पिपराही निवासी जिवछा यादव र लालबावु साहले एक्कासी आएर पिपराही निवासी ६८ बर्षिय बृद्ध डोमी पण्डितको हत्यामा संलग्न भन्दै महिलाहरुलाई जर्वजस्ति पिपराही लगेर बन्धक बनाएका थिए ।



    कचनारी गाउँका बासिन्दाको प्रमुख बजार पिपराही हो । दशगजाबाट ५० मिटर उत्तर नेपाल तर्फ कचनारी पर्छ भने दशगजाबाट करिव १ सय मिटर दुरीमा दक्षिण दिशामा भारतको पिपराही पर्छ । दिउँसो १२ बजे अपहरणमा परेका उनिहरुलाई फिरौती लिएर राती ८ बजे बन्धकमुक्त गरिएको अपहरित महिला सतनदेवि यादवले सञ्चारकर्मीहरुलाई बताईन ।



    बाख्रा चराउन गएका तीन नेपाली महिला दशगजाबाट अपहरणमा परेको अपुष्ट घट्ना भाईरल भएपछि सञ्चारकर्मीहरुको समूह स्थलगत रिपोर्टिगंका लागि घटनास्थल पुगेको थियो । अपहरणमुक्त पछि पनि त्रसित अवस्थामा रहेका उनिहरुले अपहरण गर्ने ब्यक्तिको पहिचान भएपनि कानुनी कार्वाहीको लागि पहल गर्न डराई रहेका छन् । उनिहरु घट्नाबारे धक खोलेर बोल्न पनि सकिरहेका छैनन् ।

    मृत्युलाई हत्या बनार्ईयो

    प्रत्यक्षदर्शीका अनुसार सोमबार बिहान दशगजा सँगै जोडिएको खेतमा लगाईएको कोवि गोडिरहेका भारतको मधुवनी पिपराहीका स्थानिय ६८ बर्षिय डोमी पण्डित एक्कासी बेहोस भएर ढलेका थिए । मृतक बृद्का आफन्तजनका अनुसार टिबि र दम रोगले थलिएका उनलाई परिवारले घर बाहिर हिँडडुल गर्न रोक लगाएको थियो । बारी डुलेर आउँछु भनेर बिहान घरबाट निस्किएका उनि दिउँसो मृत अवस्थामा आफ्नै खेतमा मृत अवस्थामा फेला परेका थिए ।

    उनको मृत्युको खवर भुषको आगो झैँ फैलिएपछि मृतकका आफन्त र केहि छिमेकी घट्नास्थलमा जम्मा भएका थिए । मृतकका आफन्तले कालगतिले बृद्ध्को मृत्यु भएको बताईरहँदा छिमेकीहरु लालबहादुर साह र जीवछा यादव चाहीँ नेपालबाट बाख्रा चराउन र घाँस काट्न आउनेहरुले हत्या गरेको भनेर होहल्ला गर्न थाले र मृतक खेत छेउकै दशगजा क्षेत्रमा बाख्रा चराईरहेका निर्सिदेवि , सतनदेवि र उम्दादेविलाई जर्वजस्ति भारतको पिपराही पुर्¥याएर एक घरको कोठामा बन्धक बनाएका थिए । तीनै महिलालाई जर्वजस्ति पिपराही लान खोज्दा विरोधमा उत्रिएका कचनारीका ६५ बर्षिय शिवनारायण यादवले उनिहरुले आफूलाई समेत कुटपिट समेत गरेको बताए ।

    प्रहरी चौकी कचनारीका असई भुषण सिंहले भारतको पिपराहीमा तीन नेपाली महिलालाई बन्धक बनाएको पुष्टी गरे । महिलाहरुलाई अपहरणमुक्त गराउन वरियारपटि १ पिपराहीका वडासदस्य सन्तोष राम , रामचन्द्र यादव , नागेश्वर यादव , शिवकुमार यादव लगायतले पहल गरेका थिए । जनही भारु १ लाख ५० हजारका दरले फिरौती बुझाएपछि राती ८ बजे हामी ३ जनालाई थुनेको कोठाको चावि खोलिदिएका थिए , पिडित सतनदेवि यादवले बताईन् ।राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार