Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालबाट फर्किए लगत्तै स्पेनिस नागरिक अस्पताल भर्ना, कोरोना भाइरसका कारण मृत्यु

    नेपालबाट फर्किए लगत्तै स्पेनिस नागरिक अस्पताल भर्ना, कोरोना भाइरसका कारण मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 3K
    SHARES

    एजेन्सी । नेपालबाट स्पेन फर्किएका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको खुलेको छ । नेपाल भ्रमण गरेर फर्किएका ती व्यक्तिको स्पेनको अस्पतालमा फेब्रुअरी १३ तारिखमा मृत्यु भएको छ । भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै मृत्यु भएको पुष्टि गरेका छन् ।

    युकेबाट सञ्चालित प्रतिष्ठित अनलाइन डेलीमेलमा प्रकाशित समाचार अनुशार ती नागरिक नेपालबाट स्पेन पुगेका थिए । ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएपछि बिरामी भएको र त्यसपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु के कारणले भएको भन्ने खुलाइएको थिएन । त्यतिबेला उनको अवस्थालाई ‘एक प्रकारको निमोनिया’ बाट ग्रसित भनेर उल्लेख गरिएको थियो । यो नै कोरोना संक्रमणबाट स्पेनमा भएको पहिलो मृत्यु जनाइएको छ ।



    अहिलेसम्म ती व्यक्तिको मृत्यु के कारणले भएको थियो भन्नेबारे खुलाइएको थिएन । यो नै कोरोना संक्रमणबाट स्पेनमा भएको पहिलो मृत्यु भएको जनाइएको छ । स्पेनमा कोरोना संक्रमणबाट एकजनाबाहेक अरुको मृत्यु भएको छैन ।



    उनको मृत्युबारे पुष्टि गर्दै स्थानीय स्वास्थ्य अधिकारीले भने, ‘ आर्नउ डे भिलानोभा अस्पतालमा उपचाररत एक पुरुषको फेब्रुअरी १३ मा मृत्यु भएको छ। भ्यालेन्सिया समुदायमा दुई नयाँ संक्रमित भेटिएका छन् । यससँगै यहाँ संक्रमितको संख्या १९ पुगेको छ ।’ स्पेनमा अहिले १ सय ६५ जना संक्रमित छन् जसमध्ये ४६ जना मड्रिडका हुन् । सातजना बिरामी इन्टेन्सिभ केयर युनिटमा भर्ना छन् । समाचारमा नेपालमै उनलाई संक्रमण भएको हो या अन्य ठाउँबाट भएको भन्ने चाहिँ खुलाइएको छैन ।

    नेपालमा अहिलेसम्म एकजनामामात्र कोरोना संक्रमण भएको र उनको पनि उपचार भइसकेको बताइएको छ । तर नेपालबाट स्पेन फर्केका यी व्यक्तिमा कोरोना संक्रमण देखिनुले नेपालमा कोरोना संक्रमितहरु बजारमा खुलेआम हिडिरहेको हुनसक्ने आशंका बढेको छ । यद्धपी नेपाल सरकारले भने यहाँ केही दिनअघि देखि मात्रै सतर्कता अपनाउन थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार