Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस कारण सर्यो ‘नीरफूल’ को रिलिज डेट

काठमाडौं । फागुन ३० मा रिलिज हुने भनिएको नेपाली कथानक चलचित्र ‘नीरफूल’को रिलिज एकसाता पछाडी सरेको छ।

कला पत्रकारिताबाट सिनेमामा निर्देशकिय डेब्यू गर्न लागेका फूलमान वल निर्देशित ‘निरफूल’ अब चैत ७ मा रिलिज हुने भएको छ ।

यसअघि फागुन ३० मा रिलिज हुने बताइएको सिनेमाको रिलिज डेट एक साता पछि सरेको हो ।

नीरफूलले सर्वप्रथम भदौलाई रिलिज टार्गेट बनाएको थियो । उक्त मितिमा रिलिज हुन नसकेपछि सर्दा सर्दै चैतमा आइपुगेको हो । फागुन ३० गते अर्को नेपाली चलचित्र आउने भएका कारण नेपाली चलचित्रसँग नजुध्ने भन्दै निर्माण पक्षले ‘निरफूललाई पछाडि सरेको जनाएको छ ।

नेपाली चलचित्र क्षेत्रमा आपसी समझदारी र सहकार्यको संस्कार विकास होस् भन्ने सोच सहित चलचित्रलाई एक साता पछाडि सारिएको निर्देशक वलको भनाई छ । फागुनको ३० गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको तयारीमा रहेको छ ।

दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक भइसकेको छ । मंगलबार एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा भूकम्पका कारण आफ्नो सन्तान गुमाउनु परेको पिडालाई देखाइएको छ ।

ट्रेलरमा चलचित्रको मुख्य भूमिकामा रहेकी अभिनेत्री शान्ति वाइवा र अभिनेता बुद्धि तामाङलाई पनि स्थान दिइएको छ । आफ्नो हाराएको छोरी खोज्नको लागि दयाहाङ र शान्ति विभिन्न निकायसम्म पुगेको कुरालाई ट्रेलरमा देखाइएको छ ।

चलचित्रमा दयाहाङ, बुद्धि र शान्तिसँगै रेखा थापा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, राजन खतिवडा, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । चलचित्रमा रेखा थापा भने अतिथि कलाकारको रुपमा प्रस्तुत भएकी छिन् ।

सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा लेखेको ‘नीरफूल’मा प्रमोद कार्कीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077