Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना भाइरसकाे प्रभाव

    २३ सांसदमा काेराेनाेकाे संक्रमण, ५४ हजार कैदी रिहा

    २३ सांसदमा काेराेनाेकाे संक्रमण, ५४ हजार कैदी रिहा

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    एजेन्सी । इरानमा नोभेल कोरोना भाइरसबाट २३ जना सांसद संक्रमित भएका छन् । हालसम्म नोभेल कोरोना भाइरस अर्थात कोभिड १९ बाट ७७ जनाको मृत्यु भएको उच्च सरकारी अधिकारीले जनाएको बीबीसीमा उल्लेख छ । इरानमा ३ मार्चसम्म कोरोनाबाट जम्मा दुई हजार ३३७ जना संक्रमित भएको इरानी स्वास्थ्य अधिकारीले मंगलबार जानकारी दिएका छन् ।

    इरानका उपस्वास्थ्य मन्त्री अलिरेजा रइसीले सरकारी सञ्‍चारमाध्यमसँग भने, पछिल्लो २४ घण्टाको अवधिमा ८३५ जना नयाँ संक्रमित भएको र ११ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि इरानले करिब ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ ।



    जुन जेलमा कैदीको संख्या अत्यधिक छ त्यहाँ कोरोना भाइरसको संक्रमण रोक्नका लागि यो कदम उठाइएको हो । न्यायपालिकाका प्रवक्ता घोलमहुसैन इस्मालीले पत्रकारसँगको कुराकानीमा यी कैदीको स्वास्थ्य परीक्षण गरिएको र नतिजा नकारात्मक पाइएको जानकारी दिए । उनीहरुलाई जमानतमा अस्थायी रुपमा रिहा गरिएको उनले बताए ।



    यद्यपि, ‘सिक्योरिटी प्रिजनर्स’ जसलाई पाँच वर्षभन्दा बढी सजाय सुनाइएको छ, उनीहरुलाई छोडिएको छैन । ब्रिटिश–इरानी च्यारिटी वर्कर नाजनीन जघारी–र्‍याटक्लिफलाई पनि निकै चाँडै नै छोडिनेछ । नाजनिनका श्रीमान्ले शनिबार भनेका थिए, ‘मलाई पूर्ण विश्वास छ कि मेरी श्रीमती कोरोना भाइरसले ग्रसित छिन् । उनी यतिबेला तेहरानको एविन जेलमा छिन् ।’ यद्यपि, अधिकारीले उनको स्वास्थ्य परीक्षण गर्न अस्विकार गरेका छन् ।

    नाजनिनलाई जासुसीको आरोपमा दोषी ठहर गरेपछि सन् २०१६ मा पाँच वर्षको सजाय सुनाइएको थियो । ब्रिटेनले उनी निर्दोष भएको बताउँदै आएको छ । इरानका थुप्रै अधिकारीसमेत कोरोना भाइरसद्वारा संक्रमित छन् । इरानी संसदको २ सय ९० सदस्यमा २३ जनाको रक्त परीक्षण सकारात्मक देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार