Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बसले किचेर मोटरसाइकल चालकको ज्यान गयो

    बसले किचेर मोटरसाइकल चालकको ज्यान गयो

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजनर नगरपालिका–४ जनक चोकमा बसले किचेर एक जनाको ज्यान गएको छ । बसले किचेर को.४ प २०९८ नम्बरको मोटरसाइल चालक लहान–१९ का मोहमद लुतफूर रहमानको ज्यान गएको हो ।

    पूर्वबाट पश्चिमतर्फ गइरहेको ना. ४ ख ४२६५ नम्बरको बसलाई उछिनेर अगाडि बढेको रहमानको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किए । मोटरसाइकल ठोक्किएर लडेका रहमानको पछाडिबाट आइरहेको बसले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    अर्का बा. ३१ ब ९८८३ नम्बरका मोटरसाइकल चालक आरजु कुमार राई घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गोलबजरमा प्रमुख इन्सपेक्टर जनक पुरीकाा अनुसार राईको दाहिने खुट्टा भाँचिएको छ । घाइतेको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार