Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्री योगेश पत्नी विन्दा मुछिइन तीन लाख घुस काण्डमा, बार्गेनिङ्गको प्रमाणसहित!

काठमाडौं । तीन लाख घुस काण्डमा पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम मुछिएको छ। घुस मागेको फेसबुक म्यासेन्जरको च्याटमा घिमिरेको नाम जोडिएर कुराकानी भएको छ। नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै घिमिरेको नाम जोडिएर कुराकानी भएको हो।  काउन्सिलकी एक सदस्यले विद्यार्थीसँग घुस मागेको फेसबुक म्यासेन्जरको च्याटमा घिमिरेको नाम जोडिएको छ।

काउन्सिलको सदस्य जिता बरालले एक विद्यार्थीसँग लाइसेन्स परीक्षामा उतीर्ण गराउन घुस मागेकी छन्। च्याटमा जिताले नै विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन्। उक्त रकम घिमिरेले खाने भन्दै गरिएको च्याट बाहिरिएपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भइरहेका छन्। अहिले उक्त च्याट समाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ ।

च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने बताएकी छिन । उनले तीन लाख मध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार घिमिरेले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने बताएकी छिन ।

ती विद्यार्थीले जिताको नाममा एकै पटक २ लख ५० हजार रूपैयाँ पठाएको च्याटबाट देखिन्छ । जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन । जहाँ २ लाख ५० हजार अहिले नै हालेको र ५० हजार पछि दिने प्रतिवद्धता जनाएकी छन् ।

जिता नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी व्यक्ति हुन । च्याटमा जिताले कुरा गरेकी विद्यार्थीले काउन्सिलको २४ औँ परिक्षाबाट लाइसेन्समा उत्तिर्ण भएकी छिन ।

काउन्सिलकी सदस्य बरालले आफ्नो नाममा घुस मागेको समाचार भाइरल भइसक्दा पनि मन्त्री पत्नी एवम् रजिष्ट्रार घिमिरेले भने अझै कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

यस्तो छ कुराकानीः

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077