Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हिमेशले खबपु भन्दा १० लाख बढि भोट ल्याएका छन्ः सन्तोष पन्त

    हिमेशले खबपु भन्दा १० लाख बढि भोट ल्याएका छन्ः सन्तोष पन्त

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को विजेता हिमेश पन्त भएसँगै अर्का प्रतिस्पर्धी खड्गबहादुर पुन मगरका ‘खबपुका’ समर्थकहरु विरोधमा उत्रिएका छन्।

    विजेता छनोट निस्पक्ष नभए भन्दै उनका समर्थकहरु विरोधमा उत्रिएका हुन् । खबपुका समर्थकहरु शनिबार ‘फिनाले’ भएको स्थल बाहिर नाराबाजी गर्न थालेका थिए।



    नारीबाजी भएपछि कार्यक्रमका निर्णायकमध्ये सन्तोष पन्तले भने, ‘हिमेश पन्तले खबपु भन्दा १० लाख भोट बढि ल्याएका छन् । कसरी खबपु विजेता हुने? यो पनि कुनै तर्क हुन सक्छ? धाँधली कार्यक्रम आयोजकले गरेको भए हामी जजहरु चुप बस्थ्यौ होला त? यो विरोध वेकार हो । भोटिङ कै आधारमा विजेता भएका हुन् हिमेश पन्त ।’



    यस विषयमा कार्यक्रम निर्माण पक्षले पनि कुनै किसिमको धाँधली नभएको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार