Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कमेडी च्याम्पियनका प्रतियोगी सवार गाडी दुर्घटना

    कमेडी च्याम्पियनका प्रतियोगी सवार गाडी दुर्घटना

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना भक्तपुरमा दुर्घटना भएको छ ।

    शुक्रबार बिहान अन्दाजी साढे ३ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा कार दुर्घटनामा परेको हो ।



    बागमती प्रदेश ०१-०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई प्रदेश ३-०१-००३ क ६२९८ नम्बरको टिपरसँग ठोकिएको थियो ।



    दुर्घटनामा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित ६ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    उनीहरुको मध्यपुर ठिमी अस्पतालमा उपचार जारी रहेको बताइएको छ । दुर्घटना कसरी भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार