Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कमेडी च्याम्पियनका निर्देशक भण्डारी हाजिर जमानीमा रिहा

    कमेडी च्याम्पियनका निर्देशक भण्डारी हाजिर जमानीमा रिहा

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 480
    SHARES

    काठमाडौं । कार दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारी रिहा भएका छन्।

    शनिबार साँझ घाइतेका परिवारसँग कागज गराएपछि भण्डारी हिरासतमुक्त भएका हुन् । कारमा सवार कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् ।



    उनको टाउकाको अपरेशन गरिएको र अहिले पनि आईसीयुमै रहेको बताइएको छ ।



    बिहीबार निर्देशक भण्डारीले चलाएको बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो ।

    उनीहरु नगरकोटबाट फर्किंदै गर्दा दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो ।

    कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार