Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कमेडीयन विक्की अग्रवाललाई मातृशोक

    कमेडीयन विक्की अग्रवाललाई मातृशोक

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’का फस्ट रनर अप विक्की अग्रवाललाई मातृशोक परेको छ । विक्कली आमा दुर्गा अग्रवालको सोमबार काठमाडौंमा निधन भएको हो ।

    मधुमेह र रक्तचापको समस्याबाट ग्रसित दुर्गाको सोमबार निधन भएको पत्रकार प्रभात लामाले जानकारी दिएका छन् । उनी छोरालाई भेट्नकै लागि सिक्किमबाट भाइटीकाको अघिल्लो दिन काठमाडौं आइपुगेकी थिइन् ।



    कार्यक्रमको लागि आयोजकसँग कुराकानी गर्न विक्की बाहिर निस्किएको र फर्केर आउँदा कोठामा आमालाई बेहोस अवस्थामा भेटेको बताइएको छ । त्यसपछि उनले आमालाई मेडिकेयर अस्पताल लएका थिए । त्यहाँ जाँदा डाक्टरले मृत घोषणा गरेको प्रभातले जानकारी दिए ।



    दुर्गाको निधनको खबर थाहा पाएपछि विक्कीका बुवा र दाजु सिक्किमबाट मंगलबार काठमाडौं आइपुगेका थिए । उनीहरुले दुर्गाको शवलाई दाहसंस्कार गर्न सिक्किम लिएर गएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार