Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • टिभी होस्ट भण्डारी र कमेडियन अग्रवालविरुद्ध उजुरी

    टिभी होस्ट भण्डारी र कमेडियन अग्रवालविरुद्ध उजुरी

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । टेलिभिजन कार्यक्रमका होस्टहरु विशाल भण्डारी र विक्की अग्रवालविरुद्ध उजुरी परेको छ । फिल्म निर्देशक राजु गिरीले उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका हुन् ।

    भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी कार्यक्रमले आफ्नो बौद्धिक सम्पत्तिमा धावा बोलेको, हैरानी दिएको भन्दै गिरीले आफ्नो जीउधनको सुरक्षाको माग गरे ।



    भण्डारीले होस्ट गर्ने टिभी कार्यक्रम कमेडी क्लब विथ च्याम्पियनको भाग ६९ मा आफ्नो मानमर्दन हुने गरी सामग्री प्रसारण गरिएको गिरीले दिएको उजुरीमा उल्लेख छ ।



    सो उजुरीलाई जिल्ला प्रहरी परिसर, टेकुमा पठाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार