Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विक्की अग्रवालसँग श्रद्धाले गरिन् इन्गेजमेन्ट

    विक्की अग्रवालसँग श्रद्धाले गरिन् इन्गेजमेन्ट

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 672
    SHARES

    काठमाडौं । टिभी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट चर्चित विक्की अग्रवाल र रियालिटी सो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईले इन्गेजमेन्ट गरेका छन् ।

    केही वर्षदेखि प्रेममा रहेका दुवैले बिहीबार काठमाडौंमा आयोजित एक समारोहबीच इन्गेजमेन्ट गरेका हुन् ।



    इन्गेजमेन्ट समारोहमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक विशाल भण्डारी लगायत निकट आफन्त र साथीहरूको उपस्थित रहेको थियो ।



    ‘कमेडी च्याम्पियन’ बाट प्रेममा परेको यो जोडीले हालै कमेडी सो ‘मा कसम यहाँ दुख्छ’ मा पनि सहकार्य गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार